काठमाडौँ – निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैँक लिमिटेडबीच साना तथा मझौला कर्जा र कृषि कर्जा सुरक्षण गर्नेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


बिहीबार भएको उक्त सम्झौतामा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र बैँकका तर्फबाट सीईओ रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार एनसीसी बैँकले साना तथा मझौला कर्जा र कृषि कर्जा अन्तर्गत प्रवाह गरेको एक करोडसम्मको लगानी कोषमा सुरक्षित हुनेछ । यस्तै कोषको पूर्वस्वीकृतिमा १ करोडदेखि ३ करोडसम्मको कर्जा समेत कोषले सुरक्षित गर्ने भएको छ ।

सम्झौता समारोहमा कोषका नायब प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र एनसीसी बैँकका तर्फबाट महाप्रबन्धक एवम् प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।