काठमाडौँ– राजस्व अनुसन्धान कार्यालय राजस्व चुहावटको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले कर छली गरेको भन्दै उनीहरुविरुद्व उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT


उनीहरुविरुद्व सिमेन्ट लोड गरिएको ट्रकमा लुकाई छिपाई विभिन्न किसिमका २३ पोका कपडाहरु ल्यार्इ भन्सार महशुल तथा मुल्य अभिवृद्धि कर छली गरेको आरोप छ ।


ADVERTISEMENT

# # #


विभागका अनुसार, पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका वडा नं. ३ बस्ने धर्मराज हरिजन, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ बस्ने श्याम पशुपती ईन्टरप्राईजेजका प्रोपराईटर श्याम बहादुर यादव, मकवानपुर थाहा नगरपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका ४ बस्ने रमेश गोपाली, कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं. ७ बस्ने ईस्तीहाक अहमद, नवलपरासी सरावल गाउँपालिका ४ बस्ने ज्ञान बहादुर श्रेष्ठको श्रीमती बिनुमाया श्रेष्ठ र रुपन्देही बुटवल उपमहानगरपालिका नगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने को अनिल श्रेष्ठ रहेका छन् ।

त्यसमध्ये श्याम, रमेश, अनिल श्रेष्ठ, ईस्तिहाक र बिनुमाया श्रेष्ठले राजस्व चुहावटको कसूर अपराध गरेको पुष्टी विभागले जनाएको छ । श्याम पशुपती ईन्टरप्राईजेजको विजक नं. ४६ मा उल्लेख गरेको ८७ लाख ८ हजार ७६९ रुपैयाँ र लु १ ख ९५४५ नम्बरको ट्रकबाट बरामद भएको कपडाको बिगो २३ लाख २४ हजार ७१७ लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २(छ१) बमोजिम गणना गरिएको जम्मा एक करोड १० लाख २४ हजार २९ रुपैयाँ बिगो कायम गरिएको  छ ।

बुझाउनुपर्ने राजस्व रकमको ब्याज समेत असुल उपर हुन साथै उनीहरु विरुद्ध ८७ लाख ८ हजार ७६९ रुपैयाँ विगो बराबरको मालसामान बरामद नभई कागज मात्र बरामद भएको तर भन्सार चोरी पैठारी गरी राजस्व चुहावट भएको भन्ने अनुसन्धानबाट पुष्टी भएको  छ । ८७ लाख ८ हजार ७६९ रुपैयाँ उनीहरुबाट असुल उपर हुन र ट्रक चालक धर्मराज हरिजन विरुद्ध चुहावट भएको बिगो रकम २३ लाख २४ हजार १७ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको छ ।