काठमाडौँ – नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ६ सय २१ पीसीआर परीक्षणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टीजेन परीक्षणका क्रममा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ४ सय ८७ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।