काठमाडौँ – आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरुलाई बुझाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा कार्यदलमा हालसम्म भएका छलफलका प्रगति विवरण शीर्ष नेताहरुलाई बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा कार्यदलले बुझाएको प्रगति बिबरणमा छलफल भएको र शीर्ष नेताहरुबाट छिटै कार्यसम्पादन गर्न निर्देशन प्राप्त भएको कार्कीले बताए । बैठकका शीर्ष नेताहरुले तालमेलको खाकामा साझा अवधारणा बनाउन पनि कार्यदललाई निर्देशन दिएको उनले बताए । कार्कीले कार्यदलले तयार गरेको तालमेलको आधारका सवै विवरणबारे जानकारी गराएको र चाडै काम सम्पन्न गर्ने जानकारी दिए ।

कार्कीले तालमेललाई निष्कर्षमा पुराउने बाटोमा कार्यदल अघि बढेको धारणा राख्नुभयो । प्रतिनिधिसभा र प्रदेश सभा दुवैको सिट बाँडफाँट एकैपटक हुने उहाको भनाई छ ।