काठमाडाैं – मुगु  जिल्लाको उत्तरी ब्यापारी नाका नाक्चेनाङला हयाजीमार क्षेत्र तीन वर्षदेखि बन्द । कोरोना महामारीपछि तीन वर्षदेखि  उत्तरी ब्यापारी नाका खुल्न सकेको छैन ।  अहिलेसम्म पनि खुल्ने अनिश्चित नै छ ।  मुगुमा कार्मारोङ गाउँपालिकाका स्थानीय चिन्तित बनेका छन् । यससँगै सुर्खेत र नेपालगन्जबाट सामान ढुवानी गर्नुपर्दा वस्तुभन्दा ढुवानी महँगो पर्ने गरेको स्थानीयहरूको गुनासो गरेका छन्।


ADVERTISEMENT


अस्थायी रुपमा हरेक वर्ष साउन १५ देखि मसान्तसम्म १५ दिनको लागि तिब्बती ब्यापारी नाका खुल्दा कार्मारोङ गाउँपालिका क्षेत्रका स्थानीय खाद्य वस्तु लत्ता कपाडा किनमेल गर्न जान्थे । कोरोना महामारीको त्रासले तीन वर्ष उक्त ब्यापारी नाका ठप्पै हुँदा कार्मारोङ गाउँपालिका कर्मचारी ब्यापारी र सर्वसाधारण मारमा परेका छन् ।


ADVERTISEMENT

# # #


तीन वर्ष उत्तरी ब्यापारी नाका बन्द हुँदा खाद्य वस्तु लत्ताकपाडाको जोहो गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिकाका कार्माछिरिङ लामाले भने यो वर्ष पनि खुल्ने नखुल्ने कुनै निश्चित अझै छैन ।

‘तिब्बती ब्यापारीकै भरले हामी बाँचेका छौ । त्यो नाका खुलेन भने हामी यहाँ कसी बच्ने परिवार पाल्ने गाह्रो हुन्छ,’ लामाले भने । साउन १५ देखि समान्तसम्म नेपाल र तिब्बतको सिमाना हयाजीमारमा तिब्बती ब्यापारीले अस्थायी हाटबजार सञ्चालन गर्ने र मुगु कार्मारोङ गाउँपालिकाभित्रका चितै, मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा मह, माग्री लगायत १७ वटा बस्तीका स्थानीय १५ दिनसम्म खाद्य वस्तु लत्ताकपाडा तथा नुन तेल किन्ने तिब्बत क्षेत्रतिर ओइरो लाग्ने गर्थे ।

तिब्बतबाट सामान ल्याउन कसैले घोडा खच्चड त कसैले चौरी झोबासमेत लिएर जाने गरेका छन् । उत्तरी ब्यापारी नाका बन्द हुँदा गरिबी बढेको बताउँछन् किम्री गाउँका सोनाम ग्याल्जन तामाङ । खेतबारीमा पनि उत्पादन नहुने र नाका पनि बन्दा हुँदा दैनिक जीवनयापनमा समस्या भएको उनको भनाइ छ ।

जसकारण नुन चामल जुटाउन नै मुस्किल भएको उनको भनाइ छ । तिब्बतबाट सस्तो मूल्यमा आयात गर्ने खाद्यान्न पछिल्लो समय सुर्खेत र नेपालगञ्जदेखि ढुवानी गर्नु पर्दा महँगो पर्ने स्थानीयहरू बताउँछन् ।

यतिसम्म कि खर्चिलो ढुवानीका कारण २५ केजी चामलको मूल्य ६ हजार र दुई केजी नुनको मूल्य ७५ रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो छ । यस्तै नेपालगन्ज र सुर्खेतबाट खाद्यान्न लैजाँदा सामानको भन्दा बढी मूल्य ढुवानीमै खर्च गर्नु परेको ब्यापारीहरूको गुनासो छ । सुर्खेत वा नेपालगन्जबाट गमगढीसम्म सामान ल्याउँदा प्रतिकेजी १२ रुपैयाँ पर्ने र गमगढीदेखि मुगु, चितै, डोल्फुसम्म लैजान मूल्यभन्दा ढुवानी महँगो पर्ने चितै गाउँका सोनाम तामाङले बताए ।