काठमाडौं – बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठ यही २० र २१ अगस्टमा भुटानमा आयोजना हुने साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धीको रूपमा सहभागी हुन गइरहेकी छन् भने सो प्रतिस्पर्धामा श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहने भएको छ।


ADVERTISEMENT


So-Kyukoshin Karate द्वारा १९१९ मा प्लेयर अफ द एअर अवार्ड बाट सम्मानित भएकी श्रेष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सिल्भर मेडलिस्ट भएकी थिइन्।


ADVERTISEMENT

# # #


दुई पटक सम्म वीर गणेश मान सिंह मेमोरियल किक बक्सिङ च्याम्पियनसिपमा उनले सिल्भर मेडल प्राप्त गरेकी थिइन् भने  २०२१/२०२२ मा भारतमा आयोजित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भई स्वर्ण पदक समेत जित्न सफल भएकी थिइन्।

बिजबजारले शिवानी श्रेष्ठलाई यस प्रतिस्पर्धामा हौसला र समर्थक प्रदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ। अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, सिप, क्षमता र इच्छा प्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टिमको निर्माण गर्न मद्दत पुगेको कुरा बताएको छ।

आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी  बिजबजार लिमिटेडलाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो।