काठमाडौं – ज्योतिषशास्त्रमा १२ राशि हुन्छन् राशिले व्यक्तिको प्रकृति, गुण र व्यवहारको संकेत गर्छ। राशिबाट मानिसको  विभिन्न गुणहरु थाहा हुन्छ कुनै पनि मानिसको बोल्ने अन्दाज, चाल चलन एक अर्कासँग फरक हुन्छ यो सबै राशिको कारणले नै भएको हो ।


ADVERTISEMENT


मेष राशि मंगल ग्रह यो राशिको स्वामी हो । मेष राशि भएका व्यक्ति स्वतन्त्र विचारका हुन्छन् । यिनीहरु पराक्रमी र सहासी हुन्छन् । यद्यपि यिनीहरू क्रोधित र आक्रामक हुन्छन्। यिनीहरु चाँडै रिसाउने स्वभावका हुन्छन् ।


ADVERTISEMENT

# # #


वृष राशि शुक्र ग्रह यो राशिको स्वामी हो । वृष राशि हुने मानिस निकै शान्त स्वभावका हुन्छन् । यस राशिका व्यक्ति धन र प्रख्यातको लागि उत्सुक हुन्छन्। यिनीहरू आफ्नो कर्तव्य पूर्ण रूपमा महसुस गर्छन्। यिनीहरू अन्तर्मुखी र विश्वासिला हुन्छन्।

मिथुन राशि बुध ग्रह यो राशिको स्वामी हो । यस राशिका व्यक्ति बहुभाषी र चतुर हुन्छन्। यिनीहरूमा आफ्ना संवाद कलाबाट जानकारी मानिसहरूलाई पनि पछाडि छोड्न सक्ने क्षमता हुन्छ । यद्यपि यिनीहरूको दुईपक्षीय स्वभावका कारण यिनीहरूलाई बुझ्न केही गाह्रो हुन्छ।

कर्कट राशि चन्द्रमा यो राशिको स्वामी हो । कर्कट राशिका मानिसको मन निकै कोमल र सफा हुन्छ । यिनीहरु देख्नमा पनि आकर्षित हुन्छन् । यी व्यक्ति कुशल कूटनीतिज्ञ र प्रियजनहरू हुन्छन्। यिनीहरूको नकारात्मक पक्ष भनेको यी अलि घमण्डी हुन्छन् ।

सिंह राशि सूर्य यस राशिको स्वामी हो । यो राशिका व्यक्तिमा नेतृत्व गर्न सक्ने क्षमता हुन्छ । सिंह राशिका जातक आफ्नो जीवन राजा जसरी बिताउँछन् । यिनीहरुमा जोश र उर्जा भरपूर हुन्छ । अहंकार र क्रोध यिनीहरुको नकारात्मक पक्ष हो।

कन्या राशि बुध ग्रह यो राशिको स्वामी हो । कन्या राशिका व्यक्तिहरू सानासाना चीजहरूलाई ठुलो बखेडा बनाउँछन्। यिनीहरू थोरै मजाकी, आलोचनात्मक, रूढिवादी स्वभावका हुन्छन् । यिनीहरू आफ्ना भावनाहरू अरुसँग व्यक्त गर्दैनन्। यी व्यक्ति जे कुरा गर्न संकल्प गर्छन् त्यो कुरा सम्पन्न गरेरै छाड्छन् ।

तुला राशि शुक्र ग्रह यस राशिको स्वामी हो । तुला राशिका व्यक्ति आकर्षक र अन्तर्मुखी हुन्छन् । यी व्यक्ति कुशल कूटनितिज्ञ हुन्छन् । यिनीहरूलाई सँधै महँगा र राम्रो चिजहरू मनपर्छ। प्रेम र रोमान्सको मामिलाहरुमा यी व्यक्ति सक्रिय रहन्छन्।

वृश्चिक राशि मंगल ग्रह यस राशिको स्वामी हो । वृश्चिक राशिका जातक निकै आकर्षक हुन्छन् । यिनीहरु आफ्नो भावना आफ्नै मनभित्र लुकाउँछन् । त्यसैले गर्दा यिनीहरुलाई बुझ्न निकै गाह्रो हुन्छ यी व्यक्ति क्रोधित र पराक्रमी हुन्छन् ।

धनु राशि बृहस्पति ग्रह यो राशिको स्वामी हो । यी व्यक्ति निकै ज्ञानी हुन्छन् । यस राशिका व्यक्तिहरू इमान्दार, सत्यवादी, विश्वासयोग्य र समझदार हुन्छन् । यद्यपि यिनीहरू क्रोधित र आक्रामक हुन्छन्।

मकर राशि शनि ग्रह मकर राशिको स्वामी हो । यस राशिका व्यक्ति सकारात्मक सोच भएका हुन्छन्। यी व्यक्ति आफ्नो जिम्मेवारी राम्ररी बुझ्छन्। यस बाहेक, यस राशि भएका व्यक्तिहरू दृढ र महत्वाकांक्षी हुन्छन्। शंका गर्ने प्रवृति यिनीहरूको नकारात्मक पक्ष हो।

कुम्भ राशि शनि ग्रह यस राशिको स्वामी हो । यिनीहरू तार्किक, बुद्धिमान र चतुर प्रकृतिका हुन्छन्। यिनीहरूमा सजिलै मित्र बनाउँन सक्ने क्षमता हुन्छ । कुम्भ राशिका मानिसहरु सामाजिक कल्याणको लागि सँधै अगाडि बढ्छन्। यिनीहरू दयालु किसिमका हुन्छन्।

मीन राशि बृहस्पति ग्रह यस राशिको स्वामी हो। मीन राशिका व्यक्ति ईमानदार र दयालु हुन्छन्। यिनीहरू बहुमुखी प्रतिभाका धनी हुन्छन्। यिनीहरू वरपरका मानिसहरूलाई पूर्ण ध्यान दिन्छन्।