सल्लेरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताए । “अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु,” उनले भने ।


ADVERTISEMENT


नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गरे । नेपाली कांग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उनले बताए ।


ADVERTISEMENT

# # #


विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जितेका केसीको यो दोस्रो हार हो ।