काठमाडौँ – नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ८ सय १६ पीसीआर परीक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परीक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।