काठमाडौं । नेपालको छिमेकी मुलुक भारत जनसंख्याका हिसाबले पनि ठूलो देश हो । छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ नयाँ घटना र क्रियटिभ कामहरु भइरहेका हुन्छन् ।


ADVERTISEMENT


महँगीको यो अवस्थामा छिमेकी मुलुक भारतमा एक नवविवाहित जोडीलाई साथीहरुले पेट्रोल र डिजेल उपहार दिएका छन् । भारतमा यतिबेला तेलको मूल्यमा उछाल आएसँगै मानिसहरु विवाहजस्ता अवसरमा पेट्रोल–डिजेल उपहारका रुपमा दिन थालेको भारतीय मिडियाहरुले जनाएका छन्।


ADVERTISEMENT

# # #


बिहेमा पेट्रोल उपहार दिएको घटना भारतको तमिलनाडु राज्यको चेय्युर भन्ने ठाउँको हो। त्यहाँ विवाहित जोडी ग्रेस कुमार कीर्तनालाई उनका साथीहरुले उपहारस्वरुप १ लिटर पेट्रोल र १ लिटर डिजेल दिएका हुन्।

साथीहरुको यस्तो अनौठो उपहार देखेर दुलाहा–दुलही त सुरुमा अचम्ममा परेका थिए । तर, पछि उनीहरुले साथीहरुको उपहार सहर्ष स्वीकार गरे।

ती दुलाहा–दुलहीले बिहेको स्टेजमा पेट्रोल–डिजेल उपहार लिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।