काठमाडौं – भारतका शीर्ष नेताको हत्या योजना बनाइरहेका अन्तर्राष्ट्रिय इस्लामिक संगठन आईएसका एकजना लडाकु रुसमा पक्राउ परेका छन् । पैगम्बर मोहम्मदप्रति अपमानजनक टिप्पणी गरेको आरोपमा भारतका केहि शीर्ष नेतामाथि आत्मघाती हमलामार्फत हत्याको योजना बनाएका एक लडाकु रुसमा पक्राउ परेका भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।


ADVERTISEMENT


उनलाई रुसको संघीय सुरक्षा सेवा एफबीएसले पक्राउ गरेको खबरमा उल्लेख छ । उनले आईएसमा निष्ठावान रहेको सपथ र आत्मघाती हमलाको प्रशिक्षण समेत लिइसकेका थिए ।


ADVERTISEMENT

# # #


उनले टेलिग्राममार्फत विभिन्न व्यक्तिसँग गरेको कुराकानीका आधारमा भारतमा आत्मघाती हमला गर्ने र शीर्ष नेताको हत्याको योजना बनाएको खुलेको एफएसबीले जनाएको छ । बयानका क्रममा पनि उनले योजना बनाएको स्वीकार गरेका छन् ।

भारतीय जनता पार्टीकी तत्कालीन प्रवक्ता नुपुर शर्मा र दिल्लीका प्रवक्ता नवीन कुमार जिन्दलले पैगम्बर मोहम्मदको अपमान हुनेगरी टिप्पणी गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।

भाजपाले दुवैलाई पार्टीको जिम्मेवारीबाट हटाइसकेको छ । यसै विषयलाई लिएर अरबका देश र भारतबीचको सम्बन्धमा पनि तनाव उत्पन्न भएको थियो ।