काठमाडौँ– सत्ता गठबन्धनको बैठकले चूनावी तालमेल लागि सवै निर्वाचन क्षेत्रको अवस्थाका बारेमा प्रतिवेदन बुझाउन मातहतको कार्यदललाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले १६५ निर्वाचन क्षेत्रको अवस्थामा बारेमा प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनाकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


अब कार्यदल बसेर सबैै निर्वाचन क्षेत्रको अवस्थामा बारेमा भएको छलफलको प्रतिवेदन तयार गरि शिर्ष तहमा बुझाईने उनले बताएो । कार्यदलले सिट बाँडफाटमा दलहरुले गरेको दावी समेत शीर्ष तहलाई बुझाइने तयारी गरेको छ । कार्कीले छिटै सिट बाँडफाट विषय टुङ्गोमा पुग्ने दाबी गरे ।

यसअघि सिट बाँडफाट बिषयमा कार्यदलमा सहमति जुटाउन नसकेपछि शिर्ष तहमा नै छलफल भएको थियो । तर शिर्ष तहमा पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि पुन कार्यदललाई नै प्रतिवेदन तयार गर्न निर्देशन दिइएको नेताहरुले जनाएका छन् ।