ललितपुर– अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ । महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौं, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । ‘अस्पतालका ओपिडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छुट हुन्छ, प्रशासन प्रमुख केसीले भने । यो छुट बिरामीहरुलाई ल्याब परीक्षणमा पनि कायम रहने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालले आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिकमार्फत पनि सेवा प्रदान गर्दै आएको छ ।