काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपाली कप्तान सन्दीप लामिछानेले घरेलू टोली केन्यालाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ ।


ADVERTISEMENT

# # #


बिवेक यादवलाई प्रतिस्थापन गर्दै बासिर अहमदले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । हिजो भएको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल लगातार दोस्रो जितको दाउमा रहेको छ ।

केन्या पहिलो जितको खोजीमा हुनेछ । नेपाल र केन्याबीच ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने तालिका छ ।

यस्तो छ प्लेइङ ११

पवन सर्राफ, आशिफ शेख (विकेट किपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी बासिर अहमद, सन्दीप लामिछाने (कप्तान) ।