काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेत सिरिजको दोस्रो खेलमा घरेलू टोली केन्याले नेपाललाई १३३ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनायो ।


ADVERTISEMENT

# # #


केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए । सोक्रममा उनले २५ बल खेल्दा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै नेहेमिहा ओदिहाम्बोले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३ चौका र २ छक्काको मदतमा ३१ रन जोडे । यस्तै इरफान करिमले २२ तथा सचिन भुडियाले १४ रनको योगदान दिए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए । त्यसक्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए भने दीपेन्द्रले ३ ओभरमा १६ रन दिए । यस्तै करण केसीले २ विकेट लिँदा पवन सर्राफले १ विकेट हात पारे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले केन्यामाथि ५ विकेटको जित हात पारेको थियो ।

नेपालले केन्यासँग ५ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छ ।