काठमाडौं – लगातार विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्दै आएका   मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फेरि पनि दुबईमा अलपत्र परेका चार नेपालीको उद्धार गरेका छन् ।


ADVERTISEMENT


दलालको चङ्गुलमा परी दुबई पुगेका र महिनौँदेखि अलपत्र परेका चार नेपालीहरूको प्रसाईंले आफ्नो निजी खर्चमा नेपालमा उद्धार गराएका  हुन् ।


ADVERTISEMENT

# # #


दुबईको ५० डिग्री चर्को घाममा महिनौँदेखि कसैको घरको छतमा सुतेर अलपत्र परेका उनीहरूको शरीरभरि घाउ नै घाउ भएको बताइएको छ । उद्धार हुनेहरूमा दाङका गोविन्द बहादुर खत्री, खोटाङमा चन्द्रबादुर बुढाथोकी, नवलपरासीका सन्दिप तिम्सिना र इलामका सन्देश निरौला रहेका छन् ।

प्रसाईंले आफ्नो दुबई भ्रमणका क्रममा कसै न कसैलाई उद्धार गर्दै आइरहेका  छन् । प्रसाईंले यस अघि दुबईका विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका दर्जनौँ नेपालीहरूको शव आफ्नै पहल र खर्चमा नेपाल ल्याइसकेका  छन् ।

यो पटकको भ्रमण अलपत्र नेपालीसँगै थप दुई नेपालीको शव नेपाल ल्याउने तयारीमा रहेको उनले बताएका छन् । प्रसाईंले यस अघि दुबईमा सडक दुर्घटनामा परी अलपत्र परेकी नेपाली चेलीलाई पनि नेपाल ल्याएका थिए  । उनले उनीहरूलाई झुक्याएर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर र दलालहरूलाई कानुनी कारबाहीको लागि पहल गर्नेसमेत  बताए ।

उनले उद्धार गर्दै भनेका छन्

यस पटकको भ्रमणका क्रममा दुबईमा अलपत्र अवस्थामा रहेका चार नेपाली दाजुभाइको उद्धार गरेको छु । मानव तस्करहरुको चङ्गुलमा परी दुबई आइपुगी महिनौँदेखि अलपत्र परेका दाङका गोविन्द बहादुर खत्री, खोटाङमा चन्द्रबहादुर बुढाथोकी, नवलपरासीका सन्दिप तिम्सिना र इलामका सन्देश निरौलालाई नेपाल फर्काउन गरेको प्रयत्न सफल भएको छ ।

पैसा कमाउने सपना बोकेर आएका यी नेपाली दुबईको ५० डिग्रीको घाममा कसैको घरको छतमा शरण लिएर बसेका थिए । चर्को घाम र प्रहरीको लुकामारी र कसैको आक्रमणका कारण शरीरभर घाउ नै घाउ र खुट्टामा निलडाम र फोकै फोका भई भोकभोकै अलपत्र परेका यी दाजुभाइको अवस्था देख्दा मन कटक्क खान्छ । विदेशीभूमिमा अलपत्र पर्नुभएका नेपालीहरुलाई मेरो बरकदले भ्याएसम्म फेरी पनि म सहयोग गरिनै रहनेछु । अलपत्र यी दाजुभाइ नेपाल ल्याएसँगै यीनलाई ठग्ने मेनपावर कम्पनी र दलाल विरुद्ध कानुनी उपचार गरी ठगिएको रकम फिर्ता गराउन प्रयत्न गर्ने छु ।

दुबईको यसपटकको भ्रमणका क्रममा अलपत्र चार नेपालीको जिवितै उद्दार र दुबईको ५० ड्रिगी घाममा मर्नु न बाँच्नु भएर बसेका नेपालीहरुलाई चाँडै पारिवारिक मिलन गराउने छु । अलपत्र नेपालीको उद्दार अभियान जारी नै राख्ने प्रण गर्दै फेरी पनि सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।मेरो यस कर्ममा साथ सहयोग दिनुहुने सब सबैप्रति हार्दिक नमन गर्दै अलपत्र नेपालीको यो अवस्था हुँदा समेत थाहै नपाइझै बस्ने मेरो देशको सरकारलाई भने एक पटक फेरी धिक्कार्न चाहान्छु ।