काठमाण्डौं-उदयपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेस नेता डा. नारायण खड्काले ह्याट्रिक गरेका छन् । ०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछिका ०६४ र ०७० को चुनाव पनि जितेका थिए । प्रतिनिसभामा खड्काले वाम गठबन्धनका साझा उम्मेदवार एमालेकी मन्जुकमारी चौधरीलाई ५ सय ४८ मतान्तरले हराए ।


ADVERTISEMENT


खड्काले ३३ हजार १४२ मत पाएका छन् भने चौधरीको पक्षमा ३२ हजार ५९४ मत परेको छ । तेस्रो स्थानमा रहेका नेकपा मालेका उम्मेदवार रामप्रसाद चौलागाईंले १२ सय ९५ मत पाए । यसैगरी प्रदेशसभा तर्फ एमाले र कांग्रेसले एक एक सिट जितेका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्रनम्बर १ (क)मा एमालेका विमल कार्की १७ हजार ५०१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विदुर बस्नेतले १५ हजार ८४४ मत पाएका छन् । यसैगरी क्षेत्रनम्बर १ (ख)मा भने नेपाली कांग्रेसका हिमाल कार्की विजयी भए । उनले १६ हजार ७९२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामबहादुर थापामगरले १५ हजार १९४ मत पाएका छन् ।