काठमाडौं – नेपाली कांग्रेस  बाग्मती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले  खेलमार्फत मानिसले आफ्नो आत्मरक्षासमेत गर्न सक्ने भएकाले खे हरेक वर्गका मानिसलाई आवश्यक भएको  बताएका छन् ।


ADVERTISEMENT


काठमाडौं स्थित  जैसिदेबल युथ क्लब को २९औं जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको इन्ट्रा तेक्वान्दो प्रतियोगिताका बिजयी खेलाडी तथा तेस्रो चित्रकलाका  विजेताहरुलाई मेडल तथा प्रमाण वितरण गर्दै सभापति बानियाँले खेलकुदले मानिसलाई मानसिक र शारीरिक दुवै क्षेत्रमा अब्बल बनाउने धारणा राखे  ।


ADVERTISEMENT

# # #


सभापति बानियाँले  कुशे औंशीको अवसरमा  क्लबले  आयोजना गरेको तेक्वान्दो प्रतियोगिताले  शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउने  काम गरेको बताए ।

घरका सानासाना भाइबहिनीहरुलाई खेलमा अभिरुचि बढाउने काममा यस्ता कार्यक्रम भइराख्नुपर्ने उनको तर्क छ । खेलकुदको प्रशंसा गर्दै सभापति बानियाँले भने ‘खेलमार्फत मानिसले आफ्नो आत्मरक्षासमेत गर्न सक्ने भएकाले यो हरेक वर्गका मानिसलाई आवश्यक छ ।’

सभापति बानियाँले तेक्वान्दो खेल नेपालमा विदेशमा आयोजना भएको प्रतियोगितामा सबैभन्दा बढी मेडल र पदक दिलाउने खेल  भएकोले यसको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताए ।

तेक्वान्दो खेलको व्यवस्थापन, यस खेलका गुरुहरु सबैले आफ्नो तर्फबाट गर्नुपर्ने कर्तव्य पालना राम्ररी गरिरहेको कारण पनि देशले धेरै पदकहरु जित्ने अवसर पाएको उनले बताए ।

क्लबले सामाजिक र स्वास्थ्य लगायत थुप्रै काममा आफ्नो सहभागिता जनाएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा आफ्नो तर्फबाट सकिने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।