काठमाडौँ – डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अघि सारेको माग पुरा नभए भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पार्ने कदमहरु चालेको भन्दै यस क्षेत्रको सुधारका लागि आफुले अघि सारेका ६ बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले विभिन्न विषयमा आफुहरुले सरकारको ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले अव धैर्य गर्न सक्ने अवस्थामा नरहेको बताए । केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउनुपर्ने माग गरेका छन् ।

त्यस्तै उनले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने बताए । आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गर्नुपर्ने लगाएतमा माग अघि सारिएको उनले बताए ।

उनले विधुत्रीय गाडीहरुको विस्तृत प्रयोग र विस्ताका लागि प्राथमिकताका साथ अविलम्व कानूनी व्यवस्था गर्न पनि माग गरेका छन् ।