काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा खेलमा नेपालले घरेलू टोली केन्याविरुद्ध जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।


ADVERTISEMENT


केन्याको नैराबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितर ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५६ रन बनायो । १५७ रनको चुनौती पच्छ्याउँदै मैदान छिरेको नेपालले १९.१ ओभरमा जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपाललाई जित दिलाउने क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४१ बलमा ३ चौका र १ छक्काको मदतमा ४६ रनको पारी खेले । यस्तै आजै डेब्यू गरेका अर्जुन साउँदले ३१ मलमा २ चौका र ३ छक्काको मदतमा ३५ रनको योगदान दिए ।

यस्तै रोहित पौडेलले १८ बलमा ३ चौका र १ छक्कासहित २९ रन तथा पवन सर्राफले १२ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाए भए मोहम्मद आदिल आलमले ७ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाए ।

केन्याका लागि विराज पटेल र युजिन ओचाइङले समान २–२ विकेट लिए भने कोलिन्स ओवुया र इम्यानुयल बुन्डीले पनि १–१ विकेट लिए ।

यसअघि राकेप पटेल र इरफान करिमले तेस्रो विकेटका लागि नटआउट १२७ रनको शानदार शाझेदारी गरेपछि केन्याले उच्च योगफल तयार पारेको थियो ।जसका लागि राकेपले ४३ बलमा ५ चौका र ४ छक्काको मदतमा नटआउट ७३ रनको शानदार इनिङ खेले ।

यस्तै इरफानले ४७ बलमा ४ चौका र २ छक्काको मदतमा नटआउट ५५ रनको यागदान दिए । यस्तै कोलिन्स ओबुयाले १४ र सुकदीप सिंहले ८ रन बनाएर आउट भए ।

यसअघि पहिलो खेलमा नेपालले केन्यामाथि ५ विकेटको जित हात पारेको नेपाल दोस्रो खेलमा १८ रनले पराजित भएको थियो ।

नेपाल-केन्या सिरजको चौथो खेल भोलि हुँदैछ । खेल नेपाली समय अनुसार ३: ४५ बजे हुनेछ । नेपालले केन्यासँग ५ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छ ।