काठमाडौं – नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान (जुप्रअ)को ४९ औं समूहको तालिम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७९-८० को स्वीकृत तालिम क्यालेण्डर अनुसार मिति २०७९-०४-०३ गतेदेखि संचालन भएको ‘अपराध अनुसन्धान’ (जुप्रअ)को तालिम ४९ औं समूहको आज मिति २०७९-०५-१२ गते सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमकका प्रमुख अतिथि महानिरीक्षक भण्डारीले निर्देशन एवम् सम्बोधन गरे ।
उक्त क्रममा महानिरीक्षक भण्डारीले प्रशिक्षणका दौरान प्रशिक्षार्थीहरूले सिकेका ज्ञान र सीपलाई लगनशिलताका साथ कानूनले प्रदान गरेको अधिकारहरू प्रयोग गरी नेपाल प्रहरीको मेरूदण्डको रूपमा रहेको अपराध अनुसन्धानलाई कार्यक्षेत्रमा प्रभावकारीता ल्याउन विशेष भूमिका निर्वाह गर्नेछन् भन्ने विश्वाससमेत व्यक्त गरे ।