काठमाडौं – विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गरेका छन् । अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन्।


ADVERTISEMENT


पार्टीबाट राजीनामा दिए पनि अहिले आफूहरुले अन्य कुनै दलमा सहभागी हुने निर्णय लिनसकेको वागमती प्रदेशका सांसद समेत रहेका विराजभक्त श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


विवेकशील साझा त्यागेपछि अहिले आफू स्वतन्त्र रहेको उनको भनाइ छ । उनीहरूले हिजो ललितपुरको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराएको राजीनामा पत्रमा अपेक्षाअनुसार विवेकशील साझा​ले काम गर्न नसकेका कारण राजीनामा दिएको जनाइएको छ।

राजीनामा पत्रको व्यहोरा छ, ‘पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिंदै विवेकशील साझा पार्टीको स्थापना भएको थियो। दुःखका साथ भन्नु पर्दा विवेकशील साझा​ पार्टीमा न त आफ्नै मूल्य र मान्यता पालना भएको पाइएको छ, न त सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयास गरेको पाइएको छ ।’ गोरखापत्र दैनिकबाट ।