काठमाडौँ – सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।


ADVERTISEMENT


सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले अधिवक्ता दीपकराज जोशीको निवेदनमाथि सुनुवाई गर्दै प्रमुख शाहलाई ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएका हुन् ।


ADVERTISEMENT

# # #


नर्भिक अस्पतालले बनाएको अवैध संरचना नहटाउन सर्वोच्चले दिएको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै अधिवक्ता जोशीले बालेनले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

बालेनले भनेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’