काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ अर्थात् अन्तिम खेलमा खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेका नेपाली कप्तान सन्दीप लामिछानेले निर्णायक खेलमा घरेलू टोली केन्यालाई ब्याटिङको निम्तो दिएका हुन् । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


यसअघिका तीनमध्ये पहिलो र तेस्रो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो र चौथो खेलमा केन्याले नेपाललाई क्रमशः १८ र ७ रनले पराजित गरेको थियो । आजको खेल जित्ने टोलीले सिरिज जित्नेछ ।

यस्तो छ प्लेइङ ११
पवन सर्राफ, अर्जुन साउँद (विकेट किपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, वासिर अहमद, सन्दीप लामिछाने (कप्तान) ।