काठमाडौँ – केन्यामा जारी दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले घरेलू टोली केन्यालाई १७६ रनको  चुनौती दिएको छ ।


ADVERTISEMENT


केन्याको नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । पहिलो विकेटका लागि अर्जुन साउँदसंग ६५ रनको साझेदारी गरेका मल्लले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको योगदान दिए । यस्तै आक्रामक ब्याटिङ गरेका रोहित कुमार पौडेलले २५ बलमा ४७ रन बनाए । त्यसक्रममा उनले २५ बलमा ७ चौका ठोके ।

यस्तै अर्जुन साउँदले २१ बलमा ४ चौका र १ छक्कासहित २९ तथा दीपेन्द्रसिंह ऐरीले १८ बलमा ३ चौकाको मदतमा २२ रनको योगदान दिए । यस्तै मोहम्मद आदिल आलम ४, विवेक यादवले २ र पवन सर्राफ १ रनमा आउट भए ।

केन्याका लागि विराज पटेल र कप्तान सेम गोचेले समान २–२ विकेट लिए । यस्तै लुकास ओलाउचका नाममा १ विकेट रह्यो ।

यसअघिका तीनमध्ये पहिलो र तेस्रो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो र चौथो खेलमा केन्याले नेपाललाई क्रमशः १८ र ७ रनले पराजित गरेको थियो । आजको खेल जित्ने टोलीले सिरिज जित्नेछ ।