कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणाले विजयी हासिल गर्ने नारदमुनि रानालाई बधाई दिएकी छिन् ।


ADVERTISEMENT


सोमबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राणाले आफू पराजित भएपनि यो क्षेत्रको विकासका लागि निरन्तर क्रियाशिल भइरहने प्रतिबद्धता जनाइन् ।


ADVERTISEMENT

# # #


‘चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो । हारजित भइरहन्छ’, उनले भनिन्, ‘ हारेपनि निरन्तर यो क्षेत्रको विकासमा लागिरहन्छु ।’
उनले पार्टीभित्रबाट भएको अन्तर्घात, सबै जनतासम्म पुग्न नसक्नु र आफूलाई चिनाउन नसक्नुलगायत हारको कारण रहेको भन्दै धनगढीमा हाबी रहेको जातीयता पनि कारक रहेको बताइन् ।

उनले आफूलाई भोट दिने सबै मतदातालाई धन्यवाद ज्ञापन गर्दै संविधानको भावनाअनुसार अब बन्ने सरकार अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।