काठमाडौं-चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी भएका छन् ।


ADVERTISEMENT


भर्खरै सकिएको मतगणनाको परिणामअनुसार प्रचण्डले प्रमुख प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रचण्डले ४८ हजार २ सय ९ मत प्राप्त गरे भने पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याए । यससँगै चितवनका तीनवटै प्रतिनिधिसभाका निर्वाचनको मतपरिणाम आएको छ ।

तीनवटै क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।