काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई कर बुझाउन पत्र काटेको छ । नगरका राजस्व विभागीय प्रमुख डा.शिवराज अधिकारीले बक्यौता कर २४ घन्टाभित्र कर तिर्न भन्दै फनर्पाकलाई पत्र काटेको हो ।


ADVERTISEMENT


फनपार्कले महानगरलाई तिर्न/बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको पत्रमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न भन्दै पत्रमा लेखिएको छ, ‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ ।’

यस्तै, तोकिएको समयमा नबुझाए फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गरिने महानगरले चेतावनी समेत दिएको छ ।

महानगरले फनपार्कलाई काटेको पत्र ।