काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकलाई सहज हुने गरी पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको पूर्वाधार समयमा नै सम्पन्न हुन नसक्दा यस क्षेत्रमा नै समस्या हुने भएकाले बिशेष ध्यान दिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालमा रहेका ऐतिहासिक थलो, गढीको राम्रो ढङ्गले प्रचार गरे धेरै भन्दा धेरै पर्यटक आउने उनले बताए । अध्यक्ष नेपालले नेपालमा थप अन्तराष्ट्रिय बिमानस्थलहरु निर्माणमा ढिलाई भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले १२ महिना पर्यटन भित्र्याउन पहल गर्न सरकारले आवश्यक योजना बनाइरहेको बताए ।