काठमाडौँ – टि–२० अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ ।


ADVERTISEMENT


केन्या विरुद्धको पाँच खेलको टि–ट्वान्टी सिरिजको उपाधि जितेता भए पनि नेपालको वरीयता भने खस्कियो । मङ्गलबार सम्पन्न उक्त सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । अब नेपालले केन्याविरुद्ध तीन एक दिवसीय सिरिज खेल्नेछ । उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलङ्का आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।