काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एमाले कैलालीका पूर्व अध्यक्ष समेत रहेका थापालाई अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टीमा स्वागत गरेकी हुन् । थापासँगै त्यस्तै एमालेका पूर्वसांसद हिमाञ्चल भट्टराई लगाएतका नेता तथा कार्यकर्ताहरु पनि नागरिक पार्टीमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT

# # #


नागरिक पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाले जनताको भाग्य र भविष्य बदल्नको लागि एमालेले केही पनि गर्न नसकेको आरोप लगाए । उनले संघीयता नमान्ने र अखण्ड सुदूरपश्चिम भन्ने दुई नेताहरु एमालेमा रहेको बताए ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जनताको आवश्यकता अनुसार नीति निर्माण गर्न संगठित भएको बताए । उनले छिटै आफ्नो पार्टीलाई देशव्यापी बनाउने दाबी गरिन् ।

यसअघि चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् । रञ्जिता २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित रेशम चौधरीकी पत्नी हुन् । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम चौधरी भने कारागारमा छन् ।