एजेन्सी– आफ्नो निर्णयका कारण गर्भवति पर्यटकको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी छन् ।


ADVERTISEMENT


चिकित्सक अभावका कारण सार्वजनिक बिदामा आपतकालीन प्रसूति सेवाहरू समेत बन्द गर्ने उनको निर्णयका कारण समयमै अस्पताल स्थान्तरण हुन नसक्दा एक भारतीय गर्भवतिको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


महिलाको मृत्युपछि टेमिडोको चर्काे आलोचना भएको थियो । त्यसको ५ घन्टाभित्रै उनले आफ्नो राजीनामा दिएको अन्तराष्ट्रिय समाचार माध्यम आरटिपीमा उल्लेख छ ।

स्रोतका अनुसार, उक्त घटनापछि उनले सो पदमा टिकिरहन आफुसंग कुनै आधार नभएको बताएकी थिइन् । जसलाई पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले समेत सहर्ष स्वीकारेका थिए । त्यसपश्चात् प्रधानमन्त्री कोस्टाले पनि मार्टाको अधिकारहरु निलम्बित गरिदिन भन्दै राष्ट्रपति मासैलो रेबेलो दि सौसासमक्ष सुझाव पेश गरेका थिए ।

सेन्ट्रो हस्पिटालार युनिभर्सिटारियो लोस्बोआ नोर्टे (सीएचयुएलएन) का अनुसार, साओ फ्रान्सिस्को जेभियर अस्पतालले मृत्यु हुने गर्भवति प्रिम्याचुरिटीको केशमा थिइन् भने उनको शिशुको तौल जम्मा ७२२ ग्राम थियो । जसकारण तत्काल अस्पताल भर्ना भएकी उनलाई प्रसूति वार्डमा ठाउँ अभाव भएपछि नवजात सघन हेरचाह इकाईमा लैजाने क्रममा शनिवार मृत्यु भएको थियो ।