काठमाडौँ– पार्किङको समस्याबाट जुर्मुराएको काठमाडौँ महानगरपालिकाको आँखा अब प्रयोजन स्वीकृतबिनाको होर्डिङ बोर्डमा पनि पर्न थालेको छ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब स्वीकृत प्रयोजन बिनाका होर्डिङ बोर्डहरु समेत हटाउन थालेको छ ।


ADVERTISEMENT


यसै शिलशिलमा महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । अनुमतिबिना राखेको भन्दै बिहिवार सो होडिङ बोर्ड हटाएको महानगरले जनाएको छ ।


ADVERTISEMENT

# # #