काठमाडौं – चितवन टाइगर्सको कप्तानमा पृथु बास्कोटा नियुक्त भएका छन् । आसन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सहभागिता जनाउने चितवन टाइगर्स क्लबले आफ्नो टिम कप्तानको रुपमा पृथुलाई नियुक्त गरेको हो ।


ADVERTISEMENT


काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी चितवन टाइगर्सले कप्तानको घोषणा गरेको हो । त्यस्तै, प्रशिक्षकमा चितवनले कलाम अली र दिपेन्द्र चौधरीलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


उमेर समूहदेखि नै राम्रो प्रदर्शन गर्दै आएका पृथु नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी खेलाडी हुन् । उनको कप्तानीमा नेपालले एसीसी यु–१५ र एसीसी यु–१७ को उपाधि जितेको थियो । यृथुकै कप्तानीमा नेपालले सन् २०१२ मा आईसीसी यु–१९ विश्वकप खेलेको थियो ।

कप्तानमा नियुक्त भएका पृथुले राम्रो क्रिकेट खेल्दै उपाधि जित्ने लक्ष्य रहेको बताए ।

प्रशिक्षकको रुपमा नियुक्त कलाम अलीको प्रशिक्षणमा पहिलो संस्करण इपिएलको उपाधि पञ्चकन्या चेजले जितेको थियो । एसीसी यु–१९ इस्र्टन रिजनको उपाधि जित्दा र एसीसी यु–१९ एसिया कपमा भारतलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुग्दा कलाम अली सहायक प्रशिक्षक थिए ।

त्यस्तै प्रशिक्षक कलाम अलीले टिम राम्रो भएको भन्दै नतिजा पनि राम्रो ल्याउने दाबी गरे । त्यस्तै, चितवन टाइगरले सुवास खकुरेललाई म्यानेजरमा नियुक्त गरेको छ । हातमा चोट लागेका कारण अहिलेसम्म पनि निको नहँुदा खकुरेल खेल्न नसक्ने भएपछि उनलाई म्यानेजरमा नियुक्त गरिएको चितवन टाइगर्सले जानकारी दिएको छ । खकुरेलको स्थानमा नेपाली राष्ट्रिय खेलाडी अनिल मण्डलले खेल्ने भएका छन् ।

त्यस्तै, चितवन टाइगर्सले सबै खेलाडीको १ वर्षका लागि मेडिकल इन्स्योरेन्स पनि गरेको छ । ५० हजार बराबरको मेडिकल र १ लाख बराबरको खेलको दौरानमा हुने घटनाको इन्स्योरेन्स गरेको हो ।

इपिएल आगामी पुुस ३ गतेदेखि टियु मैदानमा सुरु हुँदैछ । टिममा चितवन टाइगर्ससँगै काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएटस, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।

इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा संचालन हुने छ । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् ।