काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले खेलाडीको क्षमता अभिवृद्धिका साथै खेल पूर्वाधार निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय खेलकुद परिषदको ५९ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलाडीहरु देशको गहना भएको भन्दै खेलाडीको क्षमता अभिवृद्धिका साथै खेल पूर्वाधार निर्माणका लािग सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सिमित स्रोत र साधनका बाबजुत हालसम्म नेपालको खेल क्षेत्रले प्राप्त गरेको उपलव्धी प्रसंसनिय रहेको उनले बताए । प्रधानमन्त्री देउवाले बिभिन्न कठिनाईका बीच राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीताहरुमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम उचो बनाउने काम गरेको धारणा राखे । खेलकुद क्षेत्रलाई थप बिकास गर्नका लागि सरकारले आर्थिक अभाव हुन नदिने उनको भनाई छ ।

त्यस्तै खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सरकारले खेल विश्वबिद्यालय स्थापना गर्ने सोचका साथ बजेटको व्यवस्था गरेको र अनुसन्धान गरेको जिकिर गरे । खेलाडीलाई प्रोत्साहन गर्न अन्तराष्ट्रिय पदक बिजेताहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको उनको भनाई छ ।

कार्यक्रममा गोलकिपर किरण चेम्जोङ्ग र ओलम्पियन पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई वर्ष सिनियर खेलाडीको रुपमा सम्मानित गरिएको थियो । राखेपले वार्षिकोत्सवकै अवसरमा टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुलाई वर्ष जुनियर खेलाडीको रुपमा सम्मान गरेको छ । वार्षिकोत्सवकै अवसरमा खेलाडीसहित १६ जनालाई सम्मान गरेको छ भने सर्वोकृष्ट स्थानीय खेलकुद तहको अवार्ड भरतपुर महानगरपालिकालाई प्रदान गरिएको छ ।