काठमाडौं – प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने क्रम आज पनि जारी छ ।


ADVERTISEMENT


महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएको छ ।यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ९ गते दिउँसो ११ बजे पुन बयानका लागि बोलाएको थियो ।


ADVERTISEMENT

# # #


बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरु लामो भएकाले समय लागको बताइएको छ । तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन् ।