काठमाडौं – सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान छोट्याउनेबारे छलफल गर्न प्रतिनिधिसभाको महाभियोग सिफारिश समितिको बैठक अहिले बसिरहेको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश जबरासँगको तेस्रो दिनको बैठक अघि समितिको आन्तरिक बैठक बसेको हो । बयान लम्बिएका कारण छोट्याउने विषयमा समितिले आन्तरिक छलफल गरेको हो ।


ADVERTISEMENT

# # #


समितिले तयार गरेका ४३ मध्ये दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ सकिएको छ । भदौ १५ र १६ गते भएको बयानमा जबराले व्याख्यात्मक जवाफ दिएका भन्दै समिति सदस्यहरूले असन्तुष्टि जनाएका थिए ।

तेस्रो दिनको बयानका लागि जबरालाई मध्यान्ह १२ बजे समितिमा बोलाइएको छ ।