खोटाङ – आगामी मंसीर ४ गते हुने  प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस खोटाङका लागि  पूर्वमन्त्री सर्वधन राई पहिलो नम्बरमा उम्मेदवार सिफारिस भएका छन् ।


ADVERTISEMENT


खोटाङ कांग्रेसले आकांक्षी उम्मेद्वारहरुको टुंगो लगाउने क्रममा पूर्वमन्त्री राईको नाम  पहिलो नम्बरमा सिफारिस  गरेको हो ।  प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फ १० जना उम्मेद्वारको नाम सिफारिस भएको छ ।  प्रत्यक्षतर्फ सर्वधन राई, सुवास कुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, रोजन राई, डा राजकुमार राई, रामप्रसाद आचार्य (आरपी),  विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राई सिफारिस भएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश सभा निर्वाचनतर्फ  प्रदेश (क) बाट १५ जना र प्रदेश (ख) बाट १८ जना सिफारिस भएका छन् ।  शनिबार विपी स्मृति भवन दिक्तेलमा बसेको बैठकले समानुपातिक महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा खुलातर्फ दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीलाई सिफारिस गरिएको जिल्ला सचिव समीर राईले जानकारी दिए ।

यसैगरी, प्रदेश (ख) क्षेत्रीय कार्य समितिले शनिबार नै प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बिष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, शम्भु कार्की, कृष्णप्रसाद भट्टराई र पूर्णबहादुर खड्काको नाम सिफारिस गरेको छ।

समानुपातिक महिलातर्फ कमला राई, खुलातर्फ सहरमान राई, इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकालको नाम सिफारिस भएको छ।

यस्तै, प्रदेश (क) क्षेत्रीय कार्य समितिले बिहिबार पार्टी कार्यालयमा बसेको बैठकबाट प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल शैंजुलाई सर्वसम्मत सिफारिस गरेको छ।

यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ।

प्रदेश १ का महामन्त्री भूपेन्द्र राई र जिल्ला सभापति विष्णुकुमार राईको टकरावका कारण कांग्रेसलाई प्रदेश ‘ख’ को उम्मेद्वार टुंग्याउन सकस परेको थियो।

साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा १६ भदौमा आयोजना गरिएको बैठकले उम्मेद्वारको टुंगो लगाउन नसक्दा दुई दिनसम्म दिक्तेलमा बसेको बैठकले उम्मेद्वार सिफारिस गरेको हो।

प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेद्वार छनौटमा भने  केही समयमै विवादरहित तवरबाट उम्मेद्वार छनौट गरेको हो। प्रदेशका उम्मेद्वार छनौटमा  सकस खेपेको कांग्रेस प्रतिनिधि सभाका उम्मेद्वार छनौटमा भने सहजता पूर्वक समाधान गर्न सफल भयो ।

उम्मेद्वारका आंकक्षीहरुलाई कुनै किसिमको अंकन नगरी समानरूपमा स्टार राखेर सिफारिस गरिएको छ। पार्टीले कुनै क्याटागोरी नगरी सबैलाई  समान तवरबाट सिफारिस गरिएको जनाएको छ।

गठबन्धनभित्रको भागबण्डाका क्रममा ‘प्रदेश सभा र प्रतिनिधि सभाको टिकट कसको भागमा पर्छ’ भन्ने टुंगो लाग्न बाँकी भए पनि गठबन्धन दलहरुले आ–आफ्नो उम्मेदवार सिफारिस भने गरिरहेका छन्।