काठमाडौं – राजस्व अनुसन्धान विभागले करीब साँढे पाँच करोड कर छली गरेको आरोपमा श्रीजयदुर्गा ट्रेडर्सका तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


विभागले  भारत घर भई काठमाडौंमा व्यवसाय गर्दै आएका धिरज कुमार जयसवाल, वीरगन्जका राहुल कुमार जयसवाल र काठमाडौंका सुमन कुमार श्रेष्ठविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधनसहित) ऐन २०५२ अनुसार मुद्दा चलाइएको बताइएको छ ।

उनीहरुले कर छल्न नक्कली कर बीजक खरिद गरेको विभागको आरोप छ । उनीहरुले मूल्य अभिवृद्धि करतर्फ १ करोड ७१ लाख ३२ हजार १ सय ७०, आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १ सय ६८ गरी सो रकम बराबरको कर छली गरेको विभागको भनाइ छ।

विभागले उनीहरुविरुद्ध ५ करोड ४६ लाख ५१ हजार ३ सय ३८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।  उनीहरु दोषी ठहर भए बिगोको दोब्बर जरिवानासहित १० करोड ९३ लाख २ हजार ६ सय ७६ रुपैयाँ असुलउपर हुनेछ।

जयसवाल श्रीजयदुर्गा ट्रेडर्सका सञ्चालक हुन् ।  सुमन ट्रेडर्सका प्रोपाइटर हुन् ।  राहुलले कारोबारलाई सघाउँदै आएको  विभागको दाबी छ ।