काठमाडौँ – भाद्र २४ गते हुने इन्द्रजात्राका लागि तयारी थालिएको छ । काठमाडौँ महानगरपालिका लगायतका स्थानीय तहको समन्वयमा इन्द्रजात्राको तयारी सुरु गरिएको हो ।
सोही अनुसार आज हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोल जंगलबाट काटेर चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्याइएको छ ।
विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेता पनि कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्याउने गरिएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन वर्षा र सहकालका देवताका रूपमा इन्द्रको पूजा गर्ने प्रचलन छ । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।
यस वर्ष काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई विशेष बनाउने तयारी गरेको छ । जसका लागि मेयर बालेन्द्र शाहले भगिनी सम्बन्ध भएका विभिन्न देशका स्थानीय तहहरुका प्रतिनिधिहरुलाई आन्त्रण गरेको छ ।

लिङगो हनुमानढोका परिसर पु¥याइदै गर्दा अघि अघि सहभागी गुरुजुको पल्टनको टोली ।

लिङगो हनुमानढोका परिसर पु¥याइदै गर्दा अघि अघि सहभागी गुरुजुको पल्टनको टोली ।

लिङगो हनुमानढोका परिसर पु¥याइदै गर्दा अघि अघि सहभागी गुरुजुको पल्टनको टोली तोप पडकाउँदै ।

इन्द्रजात्रामा दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्राका तयारी गर्न जुटेका गुठीयार ।

इन्द्रजात्रामा दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्राका लागि तयारी अवस्था राखिएको रथ ।
सबै तस्बिर : रासस