काठमाडौँ– बिहानै मादक पदार्थ सेवन (मापसे)गरेर ‘स्टुडेन्ट बस’ (विद्यार्थी बोक्ने सवारी) चलाउने ५ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले चलाएको ‘स्कुल/कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ’ अन्तर्गत आइतबार बिहानै बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्ममा मापसे गरेर स्कुल बस चलाउने ५ जना चालक कारवाहीमा परेका हुन् ।


ADVERTISEMENT


पक्राउ पर्ने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आ. आई स्कुलको बस चालक राज कुमार पण्डित, बाग्मती धोविघाटस्थित आइडल मोडेल स्कुलको बस चालक राजेश थापा, आइडल मोडेलकै अर्को बस चालक कृष्ण बहादुर सुनार, तीनकुने स्थित कौटिल्या स्कुलको बस चालक गणेश भण्डारी र चोभार स्थित मोर्डेन ईन्डियन स्कुलको बस चालक घना दोर्जे लामा रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीले मापसे गरेर स्कुलका सवारी साधन चलाउने चालकलाई नियन्त्रणमा लिएर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाडौँउपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रहरीले साउन ३० गतेबाट शुरू गरेको स्कुल÷कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियान अन्तर्गत मापसे गरी सवारी साधन चलाँउदै गरेका ३१ जना स्कुल बसका चालकलाई हालसम्म कारवाही गरि सकेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।