काठमाडौं – समृद्धि फाइनान्सले इटहरीमा आफ्नो छैठौं शाखा उद्घाटन गरेको छ ।


ADVERTISEMENT


शाखा विस्तारलाई तिब्रता दिइरहेको  फाइनान्सले छैठौं शाखाका रुपमा इटहरीमा शाखा कार्यालयको विस्तार गरेको हो । सोमबार इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सो शाखाको उद्घाटन  गरेका हुन् ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा बोल्दै फाइनान्सले चाँडै नै सातौं र आठौं शाखाको रुपमा बनेपा र जनकपुरमा पनि नयाँ  शाखा विस्तारको योजना बनाएकको फाइनान्सका प्रमुख व्यवसाय प्रबन्ध अधिकृत सुरज कुमार सर्राफले बताए ।

सर्राफका अनुसार समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको उनले जानकारी दिए ।