काठमाडौँ – छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबलअन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले जित हात पारेको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–०ले हराएको हो । पहिलो हाफमा १ गोल मात्रै गरेको नेपालले दोस्रो हाफमा नेपालले थप ३ गोल गर्न सफल रह्यो । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरे । त्यसक्रममा सावित्राले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गर्दै अग्रता दिलाइन् भने ६८औँ मिनेटमा दोस्रो गोल गरिन् ।


ADVERTISEMENT

# # #


यस्तै ७३ औँ मिनेटमा अनिता बस्नेतले व्यक्तिगत पहिलो र नेपालका लागि तेस्रो तथा ८५औँ मिनेटमा चौथो गोल गर्न सफल रहिन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।