काठमाडौँ – जिल्ला अदालत नवलपुरले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई जबरजस्ती करणी अभियोगमा सफाइ दिएको हो ।


ADVERTISEMENT


यद्दपी अदालतले बाल यौन दुरुपयोग पुष्टी गर्दै शाहलाई साढे २ वर्ष जेल सजाय सुनाएको छ । अदालतले मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो । यस्तै अदालतले शाहलाई पीडित किशोरीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।


ADVERTISEMENT

# # #


अदालतले शाहलाई २५ हजार रुपैयाँ जरिवाना समेत गरेको बताइएको छ । यस्तै अदालतले नाबालिकालाई बाहिर छाडेको भन्दै पीडितका अभिभावकलाई समेत सचेत गराएको छ ।

पोखराकी एक १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा शाहले आफूलाई जबरजस्ती करणी गरेको आरोपमा फागुन ११ गते आफ्ना बुवामार्फत तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही अनुसार फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

शाह पुर्पक्षका लागि कारागारमा रहेका छन् ।