काठमाडौँ – प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लि.बीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


बुधबार प्रभु बैंक लि. को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्नू हुने ग्राहकहरुले डिश होम टी.भी र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् ।

यस्तै डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी,डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको जनाइएको छ ।