काठमाडौँ – विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोन उत्पादन कम्पनी एप्पलले आइफोन-१४ सार्वजनिक गरेको छ । बुधबार अमेरिकाको क्यालिफोर्नियास्थित प्रधान कार्यालयमा एप्पलले आइफोन-१४ सिरिजका ४ मोडल सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


एप्पलले यस पटक आइफोन–१४, आइफोन–१४ प्लस, आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्स ल्याएको हो । आइफोन १४ मा आइफोन १३ को भन्दा विशिष्टीकृत सेवाहरु उपलब्ध हुनेछन् ।


ADVERTISEMENT

# # #


विशेषताः

आइफोन–१४ र आइफोन–१४ प्लसः

फाइभ–जी सेवा चल्ने आइफोन–१४ कालो, निलो, स्टारलाइट, बैजनी र रातो गरी ५ रंगमा उपलब्ध गराइएको छ । आइफोन १४ र आइफोन १४ प्लसमा खासगरी आइफोन १३ डिजाइनमा तयार पारिएको छ । त्यसकारण दुबै फोनमा आइफोन १३ कै डिस्प्ले नच दिएको छ ।

आइफोन–१४मा ओएलईडी प्रविधिको साथ एप्पलको क्लासिक ५.१ इन्च सुपर रेटिना XDR डिस्प्ले रहेको छ भने आईफोन १४ प्लसमा भने ठूलो ६.७ इन्च सुपर रेटिना XDR डिस्प्ले हालिएको छ ।

यस्तै आइफोन–१४ र आइफोन १४ प्लसमा १२ मेगापिक्सेलका दुईवटा क्यामेरा रहेका छन् सेल्फीक्यामेरा पनि १२ मेगापिक्सेलकै रहनेछ । भिडियो फोर-के मा सिनोमेटिक मोडसहित खिच्न सकिनेछ । आइफोन १४ र आइफोन १४ प्लसमा स्टोरेज समान १२८ जीबी, २५६ जीबी र ५१२ जीबी उपलब्ध हुनेछ भने फोनको तौल क्रमशः १७२ ग्राम र २०३ ग्राम रहनेछ ।

यस्तै स्याटेलाइट मार्फत आपतकालीन एसओएस सुविधा थप गरेको छ । यसमा दुईवटा सिम लाग्ने छन् भने इ–सिम समेत प्रयोग गर्न सकिनेछ ।

आइफोन–१४ को सुरुवाती मूल्य ७९९ डलर र आइफोन–१४ प्लसको सुरुवाती ८९९ डलर पर्ने जनाइएको छ ।

आफइफोन-१४ प्रो र आइफोन १४ प्रो म्याक्स

आफइफोन-१४ प्रो र आइफोन १४ प्रो म्याक्समा आइफोन-१३ को भन्दा धेरै विशेषताहरु नयाँ रहेका छन् ।

गाढा बैजनी, सिल्भर, गोल्ड र कालो गरी चार रङमा उपलब्ध प्रो मोडलमामा समान १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेज क्षमता उपलब्ध हुनेछ भने फोनको तौल क्रमशः २०६ ग्राम र २४० ग्राम रहनेछ ।

प्रो सिरिजमा ‘पन्च होल डिस्प्ले डिजाइन’ उपलब्ध गराइएको छ । आइफोन–१४ प्रोको स्क्रिन ६.१ इन्च र प्रो म्याक्सको ६.७ इन्च रहेको छ। ‘आईफोन–१४ प्रो’मा दिइएको नयाँ ‘नच’को नाम डाइनामिक आइल्याण्ड राखिएको छ । फाइभजी चल्ने यो फोन ‘अलवेज अन’ डिस्प्ले दिइएको छ । जसले गर्दा प्रयोग नगरिएको अवस्थामा पनि फोनको स्क्रिन पूर्ण रुपमा बन्द हुनेछैन ।

यसमा कम्पनीले नयाँ ‘लो पावर मोड’ पनि दिएको छ । यसले ब्याट्रीको आयु लामो बनाउँछ। पानी र धुलो प्रतिरोधी बनाइएको आइफोन–१४ सिरिजमा एप्पलको पछिल्लो ए १६ बायोनिक चिपसेट प्रयोग गरिएको छ । यो चिपसेट ४ न्यानोमिटर प्रक्रियामा तयार भएको कम्पनीले जनाएको छ ।

आइफोन–१४ प्रो सिरिजको सबैभन्दा ठूलो छलाङ भनेको यसको क्यामेरा हो । यसअघिका सिरिजका १२ मेगापिक्सेलको क्यामेरा हटाउँदै ३ वटा क्यामेरासहितको आइफोन–१४ प्रो र प्रो म्याक्समा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हालिएको छ भने सेल्फी क्यामेरा १२ मेगापिक्सेलकै हुनेछ । साथै भिडियो स्टाबिलाइजेसनका लागि ‘एक्सन मोड’ समेत थप गरिएको छ ।

यस्तै एप्पलले आईफोन १४ प्रो सिरिजका अमेरिकी मोडेलहरुमा भौतिक सिम कार्ड राख्ने ठाउँ दिएको छैन अर्थात् अमेरिकामा उपलब्ध हुने आइफोनमा अब इ–सिम कार्ड मात्रै लाग्नेछन् ।

यस्तै आइफोन १४–प्रो र आइफोन १४ प्रो म्याक्स सिरिजमा आपतकालीन एसओएस सुविधा अर्थात् स्याटेलाइट जडान पनि दिइएको छ। जसबाट नेटवर्क नभएको ठाउँमा पनि मानिससँग कुरा गर्न सकिन्छ । यद्दपी यो सुविधा कुन–कुन देशमा उपलब्ध हुने भन्ने खुलेको छैन । कम्पनीले यस सुविधाका लागि शुल्क समेत लिन सक्नेछ ।

आइफोन १४–प्रो र आइफोन १४ प्रो म्याक्सको अर्को शानदार विशेषता भनेको ‘क्रयास डिटेक्सन’ हो । एप्पलले यसमा कार दुर्घटना पत्ता लगाउने सुविधा लागू गरेको छ। यदि दुर्भाग्यपूर्ण सडक घटना भए यसले स्वचालित रूपमा आपतकालीन सेवाहरू डायल गर्नेछ । व्यक्ति बेहोश भए वा आईफोनसम्म पुग्न असमर्थ रहन सक्ने अवस्थालाई मध्यनजर गर्दै यो सविधा राखिएको हो ।

यस सुविधाले द्रुत कार्यको लागि इनबिल्ट ब्यारोमिटर, जीपीएस र माइक्रोफोन प्रयोग गर्नेछ। जसले गर्दा दुर्घटनामा उद्दार कार्य गर्न सहज हुनेछ ।

आइफोन–१४ प्रोको सुरुवाती मूल्य ९९९ डलर र आइफोन–१४ प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ डलर पर्ने जनाइएको छ ।