काठमाडौँ – नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबल टोली छाडेका हुन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै अल्मुताइरीले नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले ५२५ दिन नेपाली फुटबलमा मुख्य प्रशिक्षकको सेवापश्चात आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन् । उनले आफ्नो प्रशिक्षणकालभर साथ, सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले फेसबुकमा भनेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि, नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडासहितको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद। एउटा टिम, जय नेपाल !’

पछिल्लो समय अनुशासनको बाहनामा १० जना खेलाडीलाई टिमबाट हटाएर प्रशिक्षणमा समेत सामेल नगरेपछि उनी आलोचित बनेका थिए । त्यसअघि पनि पटकपटक विभिन्न कुराका विवादित बन्दै आएका अल्मुताइरी विगत एक महिनादेखि ओमानमै रहेका थिए ।

बङ्गलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण सिरिजको प्रशिक्षणका लागिअखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदीप हुमागाईंलाई नेपालको कार्यवाहक मुख्यप्रशिक्षको भूमिका दिएको थियो । नेपालले कुवेतमा एएफसी एसिया कपको छनोट खेलेपछि उपचारका लागि उतै बसेका अल्मुताइरी नेपाल नफर्किएरै बिदा भएका हुन् ।