काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंको विशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उहाले राजनीतिक दलहरुमा पनि बिकृति पैदा भएकाले खवरदारी गर्नुपर्ने बेला आएको बताए । मुलुकलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाई छ । उनले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे ।

त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए । उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे ।

उनले आतंकको रुपमा नभई सचेतना फैलाउदै सार्वजनिक सम्पतीको संरक्षण गर्नुपर्ने धारणा राखे ।