काठमाडौँ – समृद्धि फाइनान्सले काभ्रेको बनेपामा नयाँ शाखा विस्तार गरेको छ । फाइनान्सले आफ्नो सातौँ शाखाको रुपमा बनेपा शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको सोमबार बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले उक्त शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटनपछि बोल्दै शाक्यले उक्त शाखाको सञ्चालनसँगै त्यस क्षेत्रका ग्राहकका लागि सुविधा हुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सीईओ टिकानिधि लोहनीले फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराए । फाइनान्सले आठौँ शाखाको रुपमा चाँडै जनकपुरमा शाखा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको छ ।