काठमाडौं – सेन्चुरी कमर्सियल बैँक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैँकको तर्फबाट नायब महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


सम्झौता पश्चात सेन्चुरी कमर्सियल बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको ३ करोडसम्मका कर्जाहरुको कोषले सुरक्षण गर्नेछ । ३ करोडसम्मको त्यस्तो कर्जामध्ये १ करोडभन्दा माथिको कर्जाको हकमा भने बैँकले कोषको पूर्वस्वीकृति लिनुपर्ने छ ।


ADVERTISEMENT

# # #


यसरी सुरक्षा हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्रै २ किस्तामा सेन्चुरी कमर्सियल बैँकले कोषमा बुझाउने छ ।

कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य कारणले कर्जा असुली हुन नसकेमा बैँकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशत भुक्तानी गर्ने भएको छ ।